Kathmandu Press

राप्रपा सांसदले छाडे संसद बैठक

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदहरुले नाराबाजीसहित वेल घेराउ गरिरहँदा राप्रपाले आसनमै उभिएर केहीबेर विरोध जनाएका थिए। 
राप्रपा सांसदले छाडे संसद बैठक

काठमाडौं, असार १ : राप्रपा र रास्वपाको विरोधकाबीच सभामुख देवराज घिमिरेले संसद् बैठक अघि बढाएपछि राप्रपा सांसदहरु बैठक छाडेर बाहिरिएका छन्। 

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदहरुले नाराबाजीसहित वेल घेराउ गरिरहँदा राप्रपाले आसनमै उभिएर केहीबेर विरोध जनाएका थिए। 

केही समयपछि प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका सांसदहरू बैठक छाडेर बाहिरिएका थिए। 

प्रकाशित मिति: १४:५४ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्