Kathmandu Press

प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु दादागिरी हो : सांसद शाही

आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोश पोखे।
प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु दादागिरी हो : सांसद शाही

काठमाडौं, असार १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन्। 

आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोश पोखे। 

‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषिलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस्,’ उनले भने, ‘यसरी संसद चलाउनु संसदीय अभ्यास होइन्। यो दादागिरी हो। यो दादागिरी बन्द गर्नुहोस्।’ 

प्रकाशित मिति: १४:०८ बजे, आइतबार, असार १, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्