Kathmandu Press

संवैधानिक बाध्यता बुझिदिन राप्रपा र रास्वपा नेतासँग सभामुखको आग्रह 

रास्वपा–राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदनमा अवरोध गरिरहेका बेला घिमिरेले सहमतीमा ल्याउन पहल गरेका हुन्। 
संवैधानिक बाध्यता बुझिदिन राप्रपा र रास्वपा नेतासँग सभामुखको आग्रह 
फाइल तस्बिर।

काठमाडौं, असार १ : सभामुख देवराज घिमिरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक अध्यक्ष डीपी अर्याल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आइतबार विहान छलफल गरेका छन्।

सभामुख घिमिरेले संसदको अवरोध खुलाउन छुट्टा–छुट्टै छलफल गरेका हुन्। रास्वपा–राप्रपा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गर्दै सदनमा अवरोध गरिरहेका बेला घिमिरेले सहमतीमा ल्याउन पहल गरेका हुन्। 

सभामुख घिमिरेले संवैधानिक सीमाका कारण बजेटमाथिको छलफल सुरू गर्नैपर्ने बाध्यता बताउँदै अवरोधको अन्त्य गरी सदनलाई मर्यादित बनाउन आग्रह गरेका छन्। 

घिमिरेले अध्यक्ष राप्रपा अध्यक्ष लिङ्देनसँग टेलिफोनमा र रास्वपा कार्यबहाक सभापति डीपी अर्यालसँग भेटेर उक्त आग्रह गरेका हुन्।

संवैधानिक बाध्यता बुझेर आफ्ना विषयलाई राखेर सदन सुचारू गर्ने वातावरण बनाउन सहयोग गर्न सभामुखले आग्रह गरेको सचिवालयले जनाएको छ। 
 

प्रकाशित मिति: १२:४२ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्