Kathmandu Press

पोखरामा जारी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटी होममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटी होमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । 
पोखरामा जारी कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

पोखरा, असार १ : श्री गण्डकी शत कुण्डीय गायत्री कोटी होम विराट ज्ञान महायज्ञ शनिबारदेखि समापन भएको छ । 

६१ दिन लामो कोटीहोममा करिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । कोटी होममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटी होमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए । 

Hardik ivf

कोटीहोमको सबै हिसाव कितावअसार भित्रै फर फारक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे ।

समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबैप्रति आभार व्यक्त गरे । समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्र भित्र हिन्दू राज्य घोषणा हुनुपर्नेमा जोड दिए । 

उनले मामाघर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटी होमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे । कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हालसम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रतियोगिता तथा वक्तृत्वकला भएको थियो । 

जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हणद्वारा एक करोड ५० लाख हवन भएको थियो । 

प्रकाशित मिति: ०८:२३ बजे, आइतबार, असार १, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्