सभामुख घिमिरेले बोलाए प्रमुख सचेतकहरूको बैठक
बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुनेछन् ।
काठमाडौं, असार १ : सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।
बैठकमा प्रमुख दलका प्रमुख सचेतकहरुको सहभागीतामा संसदको क्यालेन्डर लगायतका विषयमा छलफल हुनेछन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोधको कारण बजेटमाथिको छलफल अघि बढ्न सकिरहेको छैन । यसबारेमा पनि सभामुखले नियमित छलफल चलाइरहेका छन् ।
प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार