Kathmandu Press

शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे 

उनले वर्तमान समयमा निर्वाचन प्रणालीमा वहस र छलफल गर्न सान्दर्भिक हुने बताए। संविधान बनाउँदा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थालाई आधार बनाइ अनुभवहरु प्राप्त गरेको बताए।
शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ : सभामुख घिमिरे 

काठमाडौं, जेठ ३१ : सभामुख देवराज घिमिरेले शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपालमा निर्वाचन प्रणाली ःतुलनात्मक अध्ययन पुस्तक सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले निर्वाचन पद्दती र प्रणालीहरुको बारेमा विवेचना हुन जरुरी रहेको बताए।

Hardik ivf

‘हामीले के गर्यो भने शासन प्रणालीलाई प्रभावकारी बनाउन सक्छौं। जनमुखी बनाउन सक्छौं। यो शासन प्रणालीमा आएका समस्याहरु हुन् कि निर्वाचन प्रणालीका दोषहरु हुन्,’ उनले भने, ‘यसलाई प्रयोग गर्ने राजनीतिक दलहरु र पार्टीहरुको भूमिकामा समस्या हो कि भन्ने जस्ता धेरै वहसहरु चलिरहेका बेला खासगरी निर्वाचन पद्दती र प्रणालीहरुको बारेमा अलि बढि विवेचना हुन जरुरी छ।’

त्यस्तै उनले वर्तमान समयमा निर्वाचन प्रणालीमा वहस र छलफल गर्न सान्दर्भिक हुने बताए। संविधान बनाउँदा राष्ट्रिय एवम अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थालाई आधार बनाइ अनुभवहरु प्राप्त गरेको बताए।

संविधानको संशोधन गर्ने आवधिक समय पनि भएको भन्दै उनले अनुभवहरुलाई कार्यान्वयन गर्दै संशोधन गर्नुपर्ने धारणा राखे। 

‘हाम्रो निर्वाचन प्रणालीमा वहस र छलफल गर्न सान्र्दभिक हुन्छ जस्तो लाग्छ। संविधानको संशोधनको कुरा चलिरहेका बेला संविधान बनाउँदा बखत राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र देशको वस्तुगत अवस्थाका आधारमा आफ्नै खालका पद्दती र निर्वाचन प्रणाली अपनाएका छौं। केही अनुभवहरु प्राप्त भएका छन्,’ सभामुख घिमिरेले भने, ‘यी अनुभवहरुलाई कार्यान्वयन गर्दै संविधानको संशोधन गर्ने आवधिक समय आइसकेको छ। अनुभवले पनि देखाएको छ। अब निर्वाचन प्रणालीका बारेमा सुधारको वहस अगाडि बढाउन जरुरी छ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले निर्वाचनको समयमा समानुपातिकको सिट किनबेच भइरहेको बताइन्।

समानुपातिकको सिट किनबेचलाई रोक्नको लागि निर्वाचनको समयमा हुने ठगीको अनुसन्धान गरी कारबाही गर्नुपर्ने धारणा राखिन्।
 

प्रकाशित मिति: २०:१५ बजे, शनिबार, जेठ ३१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्