Kathmandu Press

कोशी अस्पतालबाट थप ८ जनाको आज डिस्चार्ज हुँदैं

काठमाडौं, वैशाख २६ : कोशी अस्पताल विराटनगरमा उपचाररत थप ८ जनामा कोरोना भाइरस नेगेटिभ देखिएसँगै डिस्चार्जको तयारी गरिएको छ।

उदयपुर त्रियुगा&n....

कोशी अस्पतालबाट थप ८ जनाको आज डिस्चार्ज हुँदैं

काठमाडौं, वैशाख २६ : कोशी अस्पताल विराटनगरमा उपचाररत थप ८ जनामा कोरोना भाइरस नेगेटिभ देखिएसँगै डिस्चार्जको तयारी गरिएको छ।

उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पछिल्लो दुइ पटक पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले बिहीबार साँझ पिसिआर रिपोर्ट नेगेटिभ आएका ८ जनालाई आज बिहान १० बजे डिस्चार्ज गर्ने जानकारी दिएको छ। कोभिड–१९ अस्पताल व्यवस्थापक संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार नेगेटिभ देखिएका मध्ये एक जना भारतीय नागरिक छन्।

दोस्रो स्वाबसमेत नेगेटिभ देखिएका कारण डिस्चार्ज गरेर नियमित निगरानी र सावधानीमा राख्नुपर्ने जनाईएको छ । 

प्रकाशित मिति: ०७:३२ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्