उपेन्द्र यादवले उद्घाटन गरे नेवाः राष्ट्रिय समितिको प्रथम अधिवेशन
आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका छन्।-(20)-1749879764.jpg)
ललितपुर, जेठ ३१ : जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन ‘नेवाः राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन’ शनिबार बिहानैदेखि भब्य रुपले सुरु भएको छ।
आज ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गरेका छन्।
गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता—फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदायको स्थानीय पहिरन र संस्कृति झल्किने गरि र्याली निकालिएको थियो।
जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेतृत्वसहित काठमाडौं उपत्यकाका स्थानीय नेवार समुदायको बाक्लो उपस्थिति रहेको छ।
प्रकाशित मिति: ११:२७ बजे, शनिबार, जेठ ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1791359764.jpg)