Kathmandu Press

माओवादीले भिटिज भिसामा अग्नि सापकोटा प्रकरण साट्यो : सांसद शाहीको व्यंग्य

‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साट्यो। त्यसका लागि माओवादीका साथिहरूलाई बधाई दिन चाहन्छौं हामी,’ उनले भने।
माओवादीले भिटिज भिसामा अग्नि सापकोटा प्रकरण साट्यो : सांसद शाहीको व्यंग्य

काठमाडौं, जेठ ३० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे। 

Hardik ivf

‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साट्यो। त्यसका लागि माओवादीका साथिहरूलाई बधाई दिन चाहन्छौं हामी,’ उनले भने।

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले गल्ती स्वीकार गरेको र सरकारसँग सहमति जनाएर आत्मसमर्पण गरेको आरोप लगाए। 

‘भिजिट भिसा प्रकरणमा माओवादीका साथीहरू चुक्नु भयो र आत्मसमर्पण गर्नुभयो,’ उनले भने।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको समर्थन नपाएपछि गृहमन्त्रीको राजीनामा माग्ने प्रस्ताव र संसदीय छानबिन समिति गठनको माग अल्पमतमा परेको छ। यसले सरकारलाई राहत पुगेको संकेत गर्दै उनले प्रतिपक्षभित्रै विभाजन भएको टिप्पणी गरे।
 
प्रकाशित मिति: २०:४६ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्