Kathmandu Press

राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

उनले वर्तमान अवस्थाको सबैभन्दा बढी  जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँड गर्नेतिर गएको बताए। 
राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी हो : विप्लव

काठमाडौं, जेठ ३० : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले आजको राज्य भद्रगोल हुनुमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै भएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को १० औं पार्टी स्थापना दिवसको अवसरमा उनले वर्तमान अवस्थाको सबैभन्दा बढी  जिम्मेवार माओवादी भएको भन्दै हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने र पद बाँडफाँड गर्नेतिर गएको बताए। 

‘आजको राज्य भद्रगोल हुनेमा सबैभन्दा बढी जिम्मेवार माओवादी नै हो। यो कुरा हामीले गम्भिरतापूर्वक मनन् गर्नुपर्छ। माओवादी भनेपछि प्रचण्ड र बाबुरामको कुरा मात्र होइन, हामी सबैको कुरा हो,’ उनले भने, ‘सायद नेपालमा जुन राजनीतिक संक्रमण पैदा भयो त्यसले के के कुराहरुको माग गर्छ भन्ने कुरामा हाम्रो जति गहन बहस हुनुपर्ने थियो त्यतापट्टी प्रवेश नै गरेनौं। हाम्रो ध्यान राज्यमा भन्दा पनि मन्त्री हुने, सांसद हुने, पद बाँडफाँड गर्नेतिर गयो। यो कुरामा हामी चुकेको हौं। समय त गई नै सक्यो, अब त्यसको समाधान हेर्नुपर्छ।’ 

सोही कार्यक्रममा उनले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुषालले आज भएकै पार्टीहरुले, बनिबनाउ पार्टीहरुले जस्ताको त्यस्तै अवस्थामा रहेमा मुलुकको मुहार नफेरिने बताए।

प्रकाशित मिति: १९:०० बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्