Kathmandu Press

प्रतिनिधिसभा आइतबारसम्मका लागि स्थगित 

राप्रपा र रास्वपाको विरोधका बाबजुत सभामुख घिमिरेले संसदको कारबाही अघि बढाएका थिए। 
प्रतिनिधिसभा आइतबारसम्मका लागि स्थगित 

काठमाडौं, जेठ ३० : प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ। 

सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको संसदमा जानकारी गराए। राप्रपा र रास्वपाको विरोधका बाबजुत सभामुख घिमिरेले संसदको कारबाही अघि बढाएका थिए। 

Hardik ivf

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराए। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले धारणा राख्नेक्रममा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरे। 

रास्वपाका सांसद मनिष झाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। त्यसपछि भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपबारे गृहमन्त्री रमेश लेखकले प्रतिबाद गरेका थिए। 

रास्वपाले संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहने बताएको छ।
 

प्रकाशित मिति: १८:०० बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्