Kathmandu Press

‘आवश्यक परेमा अख्तियारमा उपस्थित हुन तयार छु’

कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि गृहमन्त्री लेखकले बताए। 
‘आवश्यक परेमा अख्तियारमा उपस्थित हुन तयार छु’

काठमाडौं, जेठ ३० : गृहमन्त्री रमेश लेखकले संसदमा संवोधन गर्दै भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन आफ्नो कारण प्रभावित नहुने बताएका छन्।

रास्वपा र राप्रपाको अवरोधबीच बोल्ने क्रममा गृहमन्त्री लेखकले उक्त भनाई राखेका हुन्। उनले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जना । 

Hardik ivf

आवश्यक परेमा अख्तियारमा उपस्थित हुन समेत तयार रहेको समेत उनले बताए। कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि गृहमन्त्री लेखकले बताए। 

‘भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा खटाइएका कर्मचारी जोडिँदैमा मेरो संल्नता भएको भनेर मलाई बदनाम गर्न खोजियो’, लेखकले भने, ‘भिजिट भिषा प्रकरणमा मेरो संलग्नता एक छैन, दुई छैन, तीन छैन। यसमा म प्रष्ट छु।’
 

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्