Kathmandu Press

प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका लागि हो : अध्यक्ष लिङ्देन

‘दृढतापूर्वक आत्मासर्पण गर्नुभएको सुन्न पाइयो। दृढतापूर्वक बहादुरका साथ पछाडि सरेको सुन्न पाइयो,’ अध्यक्ष लिङ्देनले भने, ‘हुने नै यही थियो। गणतन्त्रको रक्षाका लागि यो सहमति भएको भनियो तर होइन लुटतन्त्रको रक्षाको लागि भएको हो।’
प्रतिपक्ष र सत्तापक्षबीच सहमति लुटतन्त्रको रक्षाका लागि हो : अध्यक्ष लिङ्देन

काठमाडौं, जेठ ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीले संसद् खोल्नको लागि सत्तापक्षसँग गरेको सहमति लुटतन्त्रको रक्षाका लागि भएको आरोप लगाएका छन्। 

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्ष दलले गणतन्त्रको रक्षाकोलागि सहमति भएको भनेर पछाडि हटेको भन्दै तर होइन लुटतन्त्रको रक्षाको लागि सहमति भएको आरोप लगाएका हुन्।

‘दृढतापूर्वक आत्मासर्पण गर्नुभएको सुन्न पाइयो। दृढतापूर्वक बहादुरका साथ पछाडि सरेको सुन्न पाइयो,’ अध्यक्ष लिङ्देनले भने, ‘हुने नै यही थियो। गणतन्त्रको रक्षाका लागि यो सहमति भएको भनियो तर होइन लुटतन्त्रको रक्षाको लागि भएको हो।’

उनले देशमा रोजगारी नपाएर अवसरको खोजीमा विदेश जाने युवाहरुको भावनाको सोषण गर्दै दैनिक रुपमा भिजिट भिसामा जानेसँग ५० लाख अशुली गरेको विभिन्न तथ्यहरु सार्वजनिक रुपमा आएको भन्दै गृहमन्त्रीको नैतिकताको मात्र नभएर देशको बेइजत भएको बताए। 

गृहमन्त्रीले नौतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने समेत उनले बताए। 
 
प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्