Kathmandu Press

आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको छ : गृहमन्त्री 

‘यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन। मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु। आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको छ,’ उनले भने, ‘राजनीतिक रुपमा षडयन्त्रपूर्वक खेद प्रकट गर्न चाहन्छु।’ 
आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको छ : गृहमन्त्री 

काठमाडौं, जेठ ३० : गृहमन्त्री रमेश लेखकले संसदमा संवोधन गर्दै भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताउँदै आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको भनाई राखेका छन्।  

शुक्रबारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोधकाविच सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफ्ना तर्फबाट आरोपको प्रतिबाद गरेका हुन्। 

Hardik ivf

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा आफूले सञ्चारमाध्यमबाटै थाहा भएको पनि बताए। 

‘यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन। मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु। आफूविरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिध्याउन खोजिएको छ,’ उनले भने, ‘राजनीतिक रुपमा षडयन्त्रपूर्वक खेद प्रकट गर्न चाहन्छु।’ 

साथै, गृहमन्त्री लेखकले संवैधानिक निकायले छानबिन गरिरहेको विषयमा सरकारलाई जोड्न नहुने पनि बताए। 

प्रकाशित मिति: १७:४८ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्