Kathmandu Press

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार १ सय ६ जनाले ज्यान गुमाए

काठमाडौं, वैशाख २६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै अमेरिकामा कोरोनाको संक....

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजार १ सय ६ जनाले ज्यान गुमाए

काठमाडौं, वैशाख २६ : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एकै दिन २ हजार १०६ जनाले ज्यान गुमाएका छन् ।

यो सँगै अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमण देखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

यो समाचार तयार पार्दासम्म संक्रमित २ लाख १६ हजार ८३० जना उपचारपछि निको भएका छन् । ९ लाख ९८ हजार ३७९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ४८ हजार ९५८ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।

प्रकाशित मिति: ०६:४२ बजे, शुक्रबार, वैशाख २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्