Kathmandu Press

रास्वापा र राप्रपाको अवरोधबीच संसद अघि बढ्यो

बैठक सुरुहुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका थिए। 
रास्वापा र राप्रपाको अवरोधबीच संसद अघि बढ्यो

काठमाडौं, जेठ ३० : राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीबीच सदन खुलाउने विषयमा २ बुँदे सहमति भएपछि संसद साँझ ५ बजे बसेको हो।

बैठक सुरुहुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका थिए। 

त्यसपछि सभामुख घिमिरेले सुरुमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए। उनी बोलिरहँदा रास्वपा र राप्रपाका नेताहरूले टेबुल ठोकेर विरोध गरेका थिए। 

त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोलेका थिए। उनीपछि रास्वपा सांसद मनिष झाले बोलेका थिए। 

यी दुईले बोलिसक्ने वित्तिकै रास्वाप र राप्रपाका सांसदहरुले नाराबाजी गरेका थिए। तर, त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न समय दिए। त्यसपछि दुवै दलका सांसदहरूले रोस्टमअगाडि आएर नाराबाजी गरेका छन्।

नाराबाजीबीच नै अहिले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणका बारेमा जवाफ दिइरहेका छन्।

। यद्यपि पाण्डेले आफ्ना कुरा राखिरहे ।


लगत्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई समय दिइयो । लिङ्देन बोल्दा भने रास्वपाले अवरोध गरेन ।

प्रकाशित मिति: १७:२९ बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्