विद्युत प्राधिकरणको नकारात्मक विषय मात्रै सम्प्रेषण गरियो, यसले राम्रो गर्दैन : मन्त्री खड्का
मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनी रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज लिने तयारी मन्त्रालयले गरिरहेको दाबी मन्त्री खड्काले गरे।काठमाडौं, जेठ ३० : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नकारात्मक कुराको मात्र बढी सम्प्रेषण भइरहेको बताएका छन्।
शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले प्राधिकरणको नकारात्मक कुराहरु बढी सम्प्रेषण मात्रै भइरहेको बताए। उनले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत रहेकाले यसको गलत सम्प्रेषण नगर्न आग्रह गरे।
मन्त्रालयले स्रोत र साधनलाई परिचालन गर्दा गरिबीको रेखामुनी रहेकाहरुलाई ध्यानमा राखेर दुईदेखि पाँच लाखसम्मको सेयर जनताले पाउनेगरी सस्तो दरमा व्याज लिने तयारी मन्त्रालयले गरिरहेको दाबी मन्त्री खड्काले गरे। उनले सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक रहेको औल्याए।
‘खर्बौंको राजस्व प्राप्त हुन्छ। लक्ष्य एकातिर हामी अर्को तिर लागि रहेका छौँ। त्यसैले लक्ष्यलाई पछ्याउनु पर्नेछ । विशेषगरि ज्यालादारी गर्ने व्यक्तिलाई बढी सेवा दिनु पर्छ भनेर कानुन ल्याइएको हो,’ उनले भने, ‘जनताले गरेका समस्याका समाधान गराउन कर्तव्यतिर ध्यान दिन आवश्यक छ। विद्युत कसरी प्रवाह गर्न सकिन्छ त्यसप्रति ध्यान दिन जरुरी छ। सरकारले लगानी गरेका सस्थापनि मर्यादित बनाउन आवश्यक छ।’
मन्त्री खड्काले उर्जा क्षेत्र भनेको मुलुकको एउटा ठूलो स्रोत भएको बताउँदै सुरक्षित स्रोत माथिको अधिकार हरेक नागरिकको हुनुर्ने बताए। विद्युतीय क्षेत्रको विकासमा सबैको सहयोग आवश्यक रहेको उनले बताए।
