Kathmandu Press

संसद् खुलाउन सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति

सत्तापक्षका तर्फबाट नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्। 
संसद् खुलाउन सत्तापक्ष र प्रतिपक्षबीच दुई बुँदे सहमति

काठमाडौं, जेठ ३० : सत्तापक्ष र प्रतिपक्षबिच संसद् अवरोध खुलाउने बिषयमा शुक्रबार दुई बुँदे सहमति भएको छ।

सत्तापक्षका तर्फबाट नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र विपक्षका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्। 

सहमति पछि १३ गतेदेखि अवरुद्ध बैठक आजैदेखि खुल्ने भनिए पनि रास्वपाले भने सहमतिमा हस्ताक्षर गरेको छैन। रास्वपाले आफ्नो अडान कायमै रहेको बताएको छ।  

रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । एमाले र माओवादीबीच भएको सहमतिमा रास्वपा सहभागी छैन।

494817571_622653144169422_360027785732105272_n-1749812400.jpg
 
प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्