Kathmandu Press

कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन्। अबको बाटो संकल्प र कार्यकारी कामको हो। हामीले पूर्ण बफादारिताका साथ काम गर्ने कुरामा ध्यान दिनुपर्ने छ,’ सभापति देउवाले भने।
कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दैछ : सभापति देउवा

काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान अनुसार गर्नुपर्ने कामहरु धेरै नै बाँकी रहेको बताएका छन्। उनले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक रहेको पनि औंल्याए। 

शुक्रबार राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको राजनीतिक अधिकार सम्बन्धी प्रशिक्षण तथा प्रथम महाधिवेशन स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गर्दै बोल्दै उनले अबको बाटो संकल्प र कार्यकारी कामको भएकाले पूर्ण बफादारिताका साथ काम गर्न आवश्यक रहेको बताएका हुन्।

‘नेपालको संविधान अनुसार हामीले गर्नुपर्ने काम धेरै नै छन्। अबको बाटो संकल्प र कार्यकारी कामको हो। हामीले पूर्ण बफादारिताका साथ काम गर्ने कुरामा ध्यान दिनुपर्ने छ,’ सभापति देउवाले भने।

साथै उनले समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार गर्नुपर्ने बताए। उनले कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्दै पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गरिने बताए।

‘समावेशी नेतृत्व विकासको लागि लिडरसिप जस्ता कार्यक्रमहरु विस्तार  गर्नुपर्ने छ। पार्टीको घोेषणापत्र दस्तावेजहरुमा अपांगता सवालहरु स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने छ,’ उलने भने, ‘कांग्रेसले समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्नेछ।’

राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधव चम्लागाईंको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेस नेता डा. मिनेन्द्र रिजाललगायतका नेताले आफ्नो धारणा  राखेका थिए। 

प्रकाशित मिति: १५:०७ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्