Kathmandu Press

संसद आजै खुल्छ : महामन्त्री थापा 

‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु । तर आज केहीबेरमै संसद् खुल्छ।’
संसद आजै खुल्छ : महामन्त्री थापा 
फाइल तस्बिर।

सुनसरी, जेठ ३० : नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले अवरुद्ध रहेको संसद् आजै खुल्ने दाबी गरेका छन्।

महामन्त्री थापाले शुक्रबार सुनसरीको इटहरीमा भएको कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा यस्तो भनाई राखेका हुन्। 

Hardik ivf

महामन्त्री थापाले संसद् सञ्चालनका लागि प्रमुख दलबीच सहमति भइसकेको समेत बताए। थापाले कांग्रेस नेता तथा कार्यकर्तासँग भने, ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु । तर आज केहीबेरमै संसद् खुल्छ।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा र छानबिनको माग गर्दै विपक्षी दलले सदनमा अवरोध गरिरहेका छन्। 

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सदन खोल्न लचक भए पनि रास्वपाले अडान नछाडेका कारण सहमती लम्बिएको छ । 

प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, जेठ ३०, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्