Kathmandu Press

दुर्गा प्रसाईंसहित सातजना पुर्पक्षका लागि जेल चलान 

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिंसात्मक घटनाका मुख्य आरोपी प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 
दुर्गा प्रसाईंसहित सातजना पुर्पक्षका लागि जेल चलान 

काठमाडौं, जेठ ३० : तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। 

उनीहरुलाई विहीबार राती भएको काठमाडौं जिल्ला अदालतको फैसला अनुरुप डिल्लीबजार कारागार लगिएको हो। 

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले हिंसात्मक घटनाका मुख्य आरोपी प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो। 

धरौटी मागिए पनि बुझाउन नसकेका बाँकी ६ जनालाई समेत डिल्लीबजार कारागार लगिएको छ। ६ जना धरौटी बुझाएपछि रिहा हुने छन्। 

जिल्ला अदालतले जनाए अनुसार कारागार चलान हुनेमा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन्। 

प्रसाईंसँगै हिंसात्मक घटनामा मुछिएका ११ जना प्रतिवादीहरु भने फरार छन्। उनीहरुलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधको अभियोग लगाइएको छ । दुर्गा प्रसाईँसहित ८ जनालाई भने कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा समेत मुद्दा लगाइएको थियो। 

प्रकाशित मिति: १३:३१ बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्