Kathmandu Press

न्याय परिषदद्वारा उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस

परिषदले भट्टराईलाई उच्च अदालत विराटनगर, कुंवरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि सिफारिस गरेको छ।
न्याय परिषदद्वारा उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिस

काठमाडौं, जेठ ३० : न्याय परिषद् बैठकले शुक्रबार उच्च अदालतमा ४ मुख्यन्यायाधीश नियुक्तिका लागि सिफारिसको निर्णय गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद पदाधिकारी बैठकले उच्च अदालत जनकपुरअन्तर्गत अस्थायी इजलास वीरगन्जका न्यायाधीश राजनप्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा दरबन्दी भई तुल्सीपुरमा काजमा रहेका न्यायाधीश हरिप्रसादप्रसाद भण्डारी र उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 

Hardik ivf

परिषदले भट्टराईलाई उच्च अदालत  विराटनगर, कुंवरलाई उच्च अदालत पाटन, भण्डारीलाई उच्च अदालत सुर्खेत र तिवारीलाई उच्च अदालत तुलसीपुरमा पदस्थापनका लागि सिफारिस गरेको छ। भट्टराई र कुँवर सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारबाट उच्च अदालतका न्यायाधीश भएका हुन्। 

मंगलबार मात्रै न्याय परिषद्ले सर्वोच्च अदालतमा ३ न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रधानन्यायाधीश एवम् परिषद अध्यक्ष राउतको अध्यक्षतामा सदस्यहरु कानुनमन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद भण्डारी र दामोदर खड्का संलग्न बसेको न्याय परिषद् बैठकले सर्वसम्मत रुपमा उच्चका मुख्य न्यायाधीश सिफारिस गरेको हो। 

यसअघि उच्चका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा सर्वोच्चमा सिफारिस भएपछि उनीहरूको खाली स्थानमा समेत गरी नयाँ मुख्य न्यायाधीश सिफारिस गरिएको छ। 

न्याय परिषद्को सिफारिसअनुरुप प्रधानन्यायाधीश राउतले मुख्य न्यायाधीश नियुक्त गरेपछि भट्टराई, कुँवर, भण्डारी र तिवारीले पदभार समाल्ने छन्। मुख्य न्यायाधीश सिफारिसपछि अब उच्च र जिल्ला अदालतमा पनि न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बाटो खुलेको छ। 

505476277_1431454934536307_5438618117389950868_n-1749799658.jpg
 

 

प्रकाशित मिति: १३:१७ बजे, शुक्रबार, जेठ ३०, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्