Kathmandu Press

इंल्यान्डको दोस्रो डिभिजन लिग रद्द हुनसक्ने

काठमाडौं, वैशाख २५ : कोरोना भाइरसको महामारीका कारण रोकिएको इंल्यान्डको दोस्रो डिभिजन फुटबल प्रतियोगिता रद्द सम्भावना बढेको छ।

क्लबहरू नै रोक....

इंल्यान्डको दोस्रो डिभिजन लिग रद्द हुनसक्ने

काठमाडौं, वैशाख २५ : कोरोना भाइरसको महामारीका कारण रोकिएको इंल्यान्डको दोस्रो डिभिजन फुटबल प्रतियोगिता रद्द सम्भावना बढेको छ।

क्लबहरू नै रोकिएको लिग सुरु गर्र्ने पक्षमा नभएपछि दोस्रो डिभिजनको लिन वान र टु रद्द हुने सम्भावना बढेको हो। इंग्लिश फुटबल संघले कोरोनाका कारण रोकिएको लिग सुरु गर्न विभिन्न पक्षसँग छलफल गरिरहेको छ।

संघले शीर्ष डिभिजन इपिएल कोरोनाबाट कम प्रभावित मुलुक अष्ट्रेलियामा बन्द रंगशालामा गर्ने तयारी गरेको छ। संघले लिग सुरु गर्ने तयारी गरेपनि लिग वान र टुका क्लबहरु भने लिग सुरु नगर्ने पक्षमा देखिएका छन्।

संघले लिग गरेपनि आफूहरु सहभागी नहुने क्लबहरूले बताएपछि लिग रद्द हुने लगभग निश्चित जस्तै छ। जबरजस्ती लिग सुरु गरिए आफूहरु अदालत जाने क्लबहरुले धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

यही अन्योलकाबीच संघले लिग वान र टुका क्बललाई लिग गर्ने या नगर्ने विषयमा आफ्नो औपचारिक धारणा माग गरेको छ। यसका लागि संघले एक साताको समय क्लबलाई दिएको छ। त्यसपछि भोटिङका आधारमा लिगबारे निर्णय गरिने संघले जनाएको छ। 

लिग कमिटी इंग्लिश प्रिमियर लिगसँगै अन्य दुवै लिग पनि सक्ने तयारीमा छ। तर, क्लबहरू नै विपक्षमा देखिएपछि लिग वान र टु रद्द हुने सम्भावना प्रवल देखिएको छ।

क्लबहरुले आफ्नो औपचारिक धारणा राखेपछि संघ र लिग कमिटीले छलफल गरेर अर्को साता सिजन सकिएको घोषणा गर्ने सम्भावना बढी छ। 
 

प्रकाशित मिति: २०:१० बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्