‘भिजिट भिसामा छानविन गरी ठोसरुपमा पहल गर्ने सत्तापक्षसँग सहमति भयो’
‘हामी लिखित सहमति गर्ने ठाउँ तिर गयौं। आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन,’-1749793268.jpg)
काठमाडौं, जेठ ३० : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने भनि सत्तापक्षसँग लिखितरुपमा सहमति गरेको बताएका छन्।
बिहिबार सत्तापक्षले छानबिन गर्ने प्रतिवद्धता नदिई प्रतिपक्ष तयार हुने स्थिती नभएको भन्दै उनले लिखित सहमती तर्फ गएको बताएका हुन्।
‘हामी लिखित सहमति गर्ने ठाउँ तिर गयौं। आज मैले प्रतिपक्षहरुसँग छलफल गरिसकेपछि सत्तापक्षको साथिहरुसँग छानबिन गर्ने प्रतिवद्धता नभइकन प्रतिपक्ष तयार हुने स्थिती छैन,’ उनले भने, ‘जनमत जसरी गएको छ विषयको गम्भिरतासँगै संवेदनशीलता हेर्दा एउटा गृहमन्त्रीको कुरा मात्र होइन। यो विगतदेखि नै लगातार अध्यागमनको समस्या भइरहेको छ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अझै छलफल गर्न चाहेको बताए।
‘सत्तापक्षको तर्फबाट छलफल गरेर हामीलाई छानविन गर्ने, अध्यन गर्ने र आवश्यक संरचना बनाएर ठोसरुपमा पहल लिने भन्ने प्रतिवद्धता दिइयो। यो प्रतिवद्धता पनि प्रतिपक्षमा सकरात्मक वातावरण बनेको छ । त्यसमा प्रतिपक्षका अझै साथीहरु छलफल गर्न चाहानु भएको छ,’ उनले भने।