Kathmandu Press

प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै विपक्षी दलले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। 
प्रतिनिधि सभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं, जेठ २९ : सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्। 

शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। 

भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै विपक्षी दलले विरोध जनाएपछि बैठक स्थगित गरिएको हो। 

संसद खुलाउन सभामुखले चलाएको छलफल निश्कर्षविहीन बन्न पुगेको छ। 

भिजिट भिसा प्रकरणमा छानबिन समिति माग गर्दै प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै आएका छन्। 

प्रकाशित मिति: १९:२८ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्