Kathmandu Press

जसपा प्रदेश सांसद कुशवाहा पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो अनामनगरबाट पक्राउ गरेको हो। उनीमाथि मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
जसपा प्रदेश सांसद कुशवाहा पक्राउ

काठमाडौं, जेठ २९ : जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोजसिंह कुशवाहा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्रहरीले उनलाई बिहीबार दिउँसो अनामनगरबाट पक्राउ गरेको हो। उनीमाथि मधेश सरकारको योजना खरिद बिक्री गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका उनको घरमा अख्तियारले जेठ १२ गते छापा मारेको थियो। सो बेला उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थ पक्राउ परेका थिए।

अख्तियारले उनको घरबाट विभिन्न योजनाका कागजातहरु बरामद गरेका थिए । 
 
प्रकाशित मिति: १९:०५ बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्