Kathmandu Press

आलमलाई सफाई दिने न्यायाधीशलाई इजलाशमै मोसो 

मोसो प्रहार गरेलगत्तै दुई जनालाई अदालत परिषरबाटै पक्राउ गरिएको छ। 
आलमलाई सफाई दिने न्यायाधीशलाई इजलाशमै मोसो 

काठमाडौं, जेठ २९ : उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुमाथि बिहीबार मोसो प्रहार भएको छ। 

इजलासमै रहेका बेला न्यायाधीश थारुमाथि मोसो प्रहार गरिएको थियो। नेकपा बहुमतका कार्यकर्ताहरूले मोसो प्रहार गरेको प्रहरीले जनाएको छ। 

मोसो प्रहार गरेलगत्तै दुई जनालाई अदालत परिषरबाटै पक्राउ गरिएको छ। 

न्यायाधीश थारुसहितको इजलासले कर्तव्य ज्यान मुद्दामा तल्लो अदालतको फैसला अनुरुप कैदमा कांग्रेसका पूर्वसांसद आलमलाई सफाइ दिने फैसला केही दिनअघि सुनाएको थियो ।


 

प्रकाशित मिति: १७:१७ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्