Kathmandu Press

दुर्घटनाग्रस्त एयर इण्डियाको विमान थिएनन् नेपाली नागरिक

दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरी दुर्घटनाग्रस्त विमानमा नेपाली नागरिक नरहेको तथ्य स्पष्ट गरेको हो।
दुर्घटनाग्रस्त एयर इण्डियाको विमान थिएनन् नेपाली नागरिक

काठमाडौं, जेठ २९ : दिल्लीस्थित नेपाली दूतावासले भारतको अहमताबादबाट लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको स्पष्ट पारेको छ।

दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरुसँग समन्वय गरी दुर्घटनाग्रस्त विमानमा नेपाली नागरिक नरहेको तथ्य स्पष्ट गरेको हो। 

Hardik ivf

भारतीय अधिकारीहरुले पठाएको विमानमा सवारहरुको सूचीमा नेपाली नागरिक नरहेको जनाइएको छ। उक्त विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिकहरु सवार थिए। 

अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान दुर्घटनाग्रस्त भएको थियो। 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्