Kathmandu Press

न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

प्रधानमन्त्रीको सिफारिसमा यसअघि परिषद सदस्य नियुक्त भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गतेबाट सकिँदै छ। 
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता नेपाल सिफारिस

काठमाडौं, जेठ २९ : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार न्याय परिषदको सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाललाई सिफारिस गरेका छन्। 

प्रधानमन्त्रीको सिफारिसमा यसअघि परिषद सदस्य नियुक्त भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारीको कार्यकाल आगामी असार ९ गतेबाट सकिँदै छ। 

Hardik ivf

रिक्त हुन लागेको एक सदस्य पदका लागि नेपालको नाम सिफारिस गरी संसदीय सुनुवाइ प्रक्रियाका लागि पठाइएको हो । संविधानको धारा १५३ अनुसार एकजना न्याय परिषद सदस्य प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ। 

नेपाल बारको सिफारिसमा वरिष्ठ अधिवक्ता दामोदर खड्का न्याय परिषद सदस्यमा नियुक्त भएका थिए। 


 


 

प्रकाशित मिति: १७:०० बजे, बिहीबार, जेठ २९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्