Kathmandu Press

संसद खुलाउन सभामुख, प्रचण्ड र उपसभामुखबीच छलफल 

प्रतिनिधिसभामा जारी अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 
संसद खुलाउन सभामुख, प्रचण्ड र उपसभामुखबीच छलफल 

काठमाडौं, जेठ २९ : प्रतिनिधिसभामा जारी अवरोध अन्त्यका लागि सभामुख देवराज घिमिरे र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। 

छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सामेल छन्। 

Hardik ivf

प्रचण्ड माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई लिएर छलफलमा पुगेका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजिनामा र छानबिन समितिको मागसहित विपक्षी दलले गत जेठ १३ गतेदेखि सदन अवरुद्ध पार्दै आएका छन्। 

बजेट पेस गर्न दिए पनि त्यसपछिका सबै बैठकमा गतिरोध उत्पन्न हुँदै आएको छ। 

सत्तापक्ष भने भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले विपक्षीको मागप्रति असहमती जनाउँदै आएको आएको छ। 

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्