Kathmandu Press

उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका पदाधिकारी संलग्न न्याय परिषद्को बैठक बसेको हो।
उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद बैठक

काठमाडौं, जेठ २९ : उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक बसेको छ। 

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितका पदाधिकारी संलग्न न्याय परिषद्को बैठक बसेको हो। 

सर्वोच्चमा तीनजना न्यायाधीश सिफारिस गरेको परिषदले अब उच्चमा न्यायाधीश सिफारिसको तयारी गरेको छ। उच्च अदालतमा २४ न्यायाधीशको पद रिक्त रहेको छ। 

लामो समयदेखि परिषद बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ती हुन सकेको छैन। अहिले परिषद पदाधिकारीविच छलफल जारी छ। 

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्