प्रतिनिधिसभाको अवरोध खुलाउन प्रमुख तीन दलबीच २ बजे छलफल
अवरोध हटाउन नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच छलफल हुन लागेको जनाइएको छ।
काठमाडौं, जेठ २९ : प्रतिनिधिसभाको अवरोध खुलाउन प्रतिपक्षी दलहरूबीच दिउँसो २ बजे छलफलको तयारी भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजिनामा माग गर्दै जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठक अबरुद्ध हुँदै आएको छ।
अवरोध हटाउन नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच छलफल हुन लागेको जनाइएको छ। नयाँ वानेश्वरस्थित संसद् भवनमा छलफल हुँदै छ।
भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानविन समिति माग गर्दै आएका छन्।
सत्तापक्षले भने यस विषयमा संवैधानिक निकाय अख्तियारले छानबिन गरिरहेको बताउँदै छानविन समिति बनाउन तयार छैन।
यस्तै, गृहमन्त्री अख्तियारको छानबिनमा नभएकाले राजीनामा पनि दिन नपर्ने अडानमा सत्ता पक्ष छ ।
प्रकाशित मिति: १३:५७ बजे, बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
