मेयर बालेन र उपमेयर सुनिताबीच पाँच महिनाछि भेट
शाह र डंगोलबीच कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे छलफल भएको जनाइएको छ । मेयर शाह र उपमेयर डंगोलविच पाँच महिनापछि भेटघाट भएको हो।
काठमाडौं, जेठ २९ : काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनीता डंगोलविच विहीबार भेटवार्ता भएको छ।
शाह र डंगोलबीच कार्यपालिका र नगरसभा बैठक सञ्चालन गर्नेबारे छलफल भएको जनाइएको छ । मेयर शाह र उपमेयर डंगोलविच पाँच महिनापछि भेटघाट भएको हो। भेटमा केही वडा अध्यक्षहरू समेत रहेका थिए।
महानगरको कार्यपालिका बैठक, बजेटलगायत विषयमा छलफल भएको जनाइएको छ। मेयर र उपमेयरविच गत पुस यता औपचारिक भेटघाट बन्द थियो।
बिहीबार भएको मेर–उपमेयरबीचको छलफलमा नेकपा एकीकृत समाजवादीका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, प्रवक्तासमेत रहेका वडा नम्बर १७ का कांग्रेसका अध्यक्ष नवीन मानन्धर र वडा नम्बर ३२ का अध्यक्ष एमालेका नवराज पराजुली पनि सहभागी रहेको जनाइएको छ।
प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, जेठ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
