Kathmandu Press

‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’

‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्वसंध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौं। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए,’ उनले भने।
‘अमेरिकाको नयाँ नीतिले ट्रेडमा ल्याएको होडबाजीले नेपाललाई पिडा दियो’

काठमाडौं, जेठ २९ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अमेरिकाले ल्याएको ट्रेडसँग सम्बन्धि नयाँ नीतिले नेपाललाई प्रसव पिडामा पुर्याएको बताएका छन्। 

बुधबार नेपाल अमेरिका व्यापार : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले नेपाललाई अप्ठ्यारो परेको बताएका हुन्। 

Hardik ivf

‘हामीले पछिल्लो अमेरिकाको चुनावको पूर्वसंध्यामा नेपाल र अमेरिकाबिच सम्झौता गरेका थियौं। अमेरिकाको नयाँ सरकार बनिसकेपछिको नीतिले ट्रेडमा चलेको होडबाजीको विश्वव्यापी केही पराकम्पन आए,’ उनले भने।

‘त्यसका हाम्रो तर्फबाट गर्नुपर्ने कुटनीतिक प्रयासहरु थप गर्नुपर्ने आवश्यकता भएको छ। हामी प्रसव पिडामा छाैं,’ उनले भने, ‘यहाँबाट अगाडि बढ्ने कि सकिने भनेर। हामीले चाहेर नचाएर पनि हाम्रो सामर्थले अगाडि बढ्नुपर्नेछ।’ 

मन्त्री भण्डारीले अहिलेको समयमा नेपालले ट्रेड प्रमोशन नभईकन अर्थतन्त्रमा नयाँखालको प्रगति गर्ने अवस्था नरहेको बताए। 
 
प्रकाशित मिति: ११:४१ बजे, बिहीबार, जेठ २९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्