Kathmandu Press

५२ पदाधिकारी विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरू छलफलमा

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी निर्णयका लागि छलफलमा जुटेका हुन्। 
५२ पदाधिकारी विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरू छलफलमा

काठमाडौं, जेठ २८ : संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति विवादमा निर्णय सुनाउनुअघि न्यायाधीशहरू छलफलमा जुटेका छन्।  

सर्वोच्च अदालतको संवैधानिक इजलासको च्याम्बरमा अहिले छलफल चलिरहेको छ। 

Hardik ivf

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतका साथै न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चूडाल र नहकुल सुवेदी निर्णयका लागि छलफलमा जुटेका हुन्। 

इजलास सुरू भएलगत्तै प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरु छलफलमा जुटेका थिए।
 
संवैधानिक नियुक्ति विवाद हर्ने न्यायाधीशहरु अर्को इजलासमा नभएका कारण आजै फैसला आउने संभावना छ। 

अहिले संवैधानिक नियुक्ति विवादका मुद्दासँग सम्वन्धित कागजात झिकाएर अध्ययन गर्ने कार्य चलिरहेको छ।  
 
प्रकाशित मिति: १३:५२ बजे, बुधबार, जेठ २८, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्