Kathmandu Press

जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने बताउँदै सभापति देउवाले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए।
जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छौं : सभापति देउवा

काठमाडौं, जेठ २७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिमाल र पहाड बचाउन जरुरी रहेको बताएका छन्। 

मंगलबार पार्टीको आपूर्ति तथा उपभोक्ता विभागको बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले पहाड बचाएर वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने बताएका हुन्।

Hardik ivf

‘जलवायु परिवर्तन भइरहेको छ, हामीले हिमाल बचाउन जरुरी छ । पहाड बचाउन जरुरी छ , पहाड बाचे  हाम्रो अस्तित्व पनि बाच्दछ। हामीले  वृक्षारोपण लगायतका कुरामा ध्यान दिनुपर्ने छ,’ उनले भने, ‘नेपाललाई बढी भन्दा बढी हराभरा बनाएर जलवायु परिवर्तनलाई रोक्न सक्छौं।’ 

नेपाल आयातको भरमा टिकेको बताउँदै क्वालिटीमा जानुपर्ने बताउँदै सभापति देउवाले सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा भएकाले यसमा सरकारले सहयोग गर्ने बताए।

‘सरकारले व्यापार गर्ने होइन, उद्योग खोल्ने होइन, उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरा हो, सरकारले सहयोग गर्ने मात्रै हो। त्यसैले व्यापारीहरु व्यापार गर्नुस्, उद्योगीहरु उद्योग खोल्नुस्, के के सहयोग चाहिएको हो हामी सहयोग गर्छौं,’ उनले भने, ‘हाम्रो देश ठूला दुई देशको बीचमा छ। त्यसैले उत्पादन राम्रो नहुन सक्छ, त्यसैले क्वालिटीमा जानसक्यौं भने हाम्रो कुरा बिक्छ।’

यसैगरी महामन्त्री गगन थापाले सरकारले संविधान संशोधनलाई प्राथमिकता राखेको बताए । उनले  कांग्रेस र एमालेले संविधान संशोधन, सुशासन र नेपालको अर्थतन्त्र सुधारको लागि जोखिम उठाउने सम्झौता गरेर सरकार बनाएको बताए।

‘हामीले जोखिम उठाएर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्छाैं भन्ने वाचा थियो । त्यही अनुसार गाली खाएर अध्यादेशमार्फत लगानीको वातावरण बनाएका हौं,’ उनले भने, ‘त्यो सामान्य जोखिम हो, त्यो भन्दा ठूलो जोखिम उठाउनुपर्नेछ।’  
 

प्रकाशित मिति: २०:५२ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्