Kathmandu Press

वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष शाहीविरूद्ध भष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी नगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष शाहीमाथि ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिनाको आरोप लगाएको छ।
वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष शाहीविरूद्ध भष्टाचार मुद्दा

काठमाडौं, जेठ २७ : जाजरकोटको रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्णबहादुर शाहीविरूद्ध मंगलबार भष्टाचार मुद्दा दर्ता गरिएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भेरी नगरपालिका वडा नम्बर १० मा रहेको सामुदायिक वनका तत्कालीन अध्यक्ष शाहीमाथि ६ लाख ३६ हजार ४७ रूपैयाँ हिनामिनाको आरोप लगाएको छ। 

अभियुक्त शाहीले २०७८ चैत २० गतेका दिन वन उपभोक्ता समूहको नेपाल बैंक लिमिटेड शाखा जाजरकोटबाट ७ लाख रूपैयाँ झिक्न लगाएको र त्यसमध्ये ६३ हजार ९५३ रूपैयाँ कानुनी प्रावधान अनुसार खर्च गरे पनि बाँकी रकम भ्रष्टाचार गरेको दाबी अख्तियारको छ।

शाहीले कृषि विकास बैंक लिमिटेडको १४ वटा शाखाबाट नक्कसी भौचर बनाएर खर्च विवरण पेस गरेको देखिएको आरोप लगाउँदै कसूर अनुरुप बिगो कायम गरी सजायको माग गरिएको छ। 

अनुसन्धानकाक्रममा शाहीले नक्कली बिल तयार पारी सामुदायिक वन उपभोक्ताबाट गैरकानुनी लाभ लिएको खुल्न आएको अख्तियारले जनाएको छ। 

सार्वजनिक संस्था बैंकले नक्कली विल भरपाइ तयार पारेको, किर्ते छाप दस्तखत गरी गलत लिखित तयार पारेको अभियोगदाबी अख्तियारको छ। 

प्रकाशित मिति: १७:२२ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्