Kathmandu Press

राज्य व्यवस्था समितिले पारित गर्‍यो नागरिकता विधेयक

नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याइएको थियो । समितिका सदस्यहरुको सहमतिमा सर्वसम्मत रुपले विधेयक पारित भएको हो। 
राज्य व्यवस्था समितिले पारित गर्‍यो नागरिकता विधेयक

काठमाडौं, जेठ २७ : प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले मंगलबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ।

समितिको बैठकले सर्वसम्मत रुपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो। नागरिकता ऐन, २०६३ लाई दोश्रो पटक संशोधन गर्न विधेयक ल्याइएको थियो । समितिका सदस्यहरुको सहमतिमा सर्वसम्मत रुपले विधेयक पारित भएको हो। 

समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्वपूर्ण रहेको बताए।

गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको पनि बताए। 

सरकारले माघ १५ गते नागरिकता वितरणका कानूनी जटिलता हटाउन भन्दै प्रतिनिधि सभामा विधेयक दर्ता गरेको थियो। 

प्रकाशित मिति: १६:४७ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्