Kathmandu Press

‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

गृहमन्त्री पौडेलले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए। 
‘गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार पाउँदैन्’

काठमाडौं, जेठ २७ : गृहमन्त्री रमेश लेखकले गैरआवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका छन्। 

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै एनआरएनए आफैंमा एउटा नागरिकता भएको भन्दै उनले नागरिकता प्राप्त गर्नेले राजनीतिक अधिकार प्राप्त नगर्ने बताएका हुन्। 

Hardik ivf

‘अंगिकृत नागरिकताको लागि सीमा तोकिएजस्तै गैरआवसीय नेपाली नागरिकताको लागि पनि सिमा तोकेर गैर आवसीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्नेछ भन्नुको मतलव राजनीतिक अधिकार प्राप्त गर्दैन भन्ने अर्थ मान्ने हो। तर एनआरएनए आफैमा एउटा नागरिकता हो,’ उनले भने। 

गृहमन्त्री पौडेलले गैर आवसीय नेपाली नागरिकताको बारेमा नेपाल सरकारले छुट्टै विधेयक तयार गर्न लागेको बताए। 

उनले नेपालको नागरिकबाट जन्म भई नेपालमा नै बसोवास गरिरहेको र बाबुको पहिचान गर्न नसकिएको व्यक्तिलाई बंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिने बताए। 

बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिएको छ। 

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, जेठ २७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्