Kathmandu Press

नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा 

काठमाडौं, वैशाख २५ : गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको छ। भाइरसले विश्वभर महामारीको रुप लिए पनि अन्....

नेपालमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा 

काठमाडौं, वैशाख २५ : गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेको छ। भाइरसले विश्वभर महामारीको रुप लिए पनि अन्य मुलुकको तुलनामा नेपालमा यसको प्रभाव कम नै देखिएको छ। तर केही दिनयता नेपालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। 

सुरुवाती चरणमा नेपालमा विदेशबाट नेपाल भित्रिएका मानिसमा मात्र कोरोना संक्रमण पाइएको थियो। तर अहिले यो भाइरस संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा फैलन थालेको छ।

नेपालमा पछिल्लो समय एकै परिवारका १७ जनामा संक्रमण पुष्टि भएसँगै नेपाल कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरेको विज्ञहरुको ठहर छ। 

संक्रमक रोग विशेषज्ञ डा.अनुप सुवेदीले भने, विदेशबाट नआएको नेपालकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि हामीले त्यसलाई कोरोना संक्रमणको तेस्रो चरणको रुपमा लिएका छौं। यस्तो प्रकारको संक्रमणले नेपालमा भयावह रुप लिने उनी बताउँछन्।

‘यदी कुनै व्यक्ति वैदेशिक भ्रमणमा नगएको भएपनि कोरोना संक्रमित छन् भने त्यसलाई तेस्रो चरणको संक्रमण मानिन्छ,’ उनले भने।

यतीमात्र नभएर कोरोना संक्रमण निको भइसकेका व्यक्तिमा पनि पुनः संक्रमण भएको पाइएको छ। तर यसबाट भने डराउनु नपर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘कतिपय केसहरुमा निको भइसकेका व्यक्तिको शरिरमा मरेको भाइरसका अंशहरु बाँकी रहने हुँदा परीक्षणको क्रममा पोजेटिभ देखिएको हो, तसथै यसबाट डराउनु पर्ने स्थिती छैन।’

कोरोना संक्रमितको संख्या बढ्दै गएपनि सरकारले यसको रोकथामको लागि विभिन्न कदमहरु चालेको छ। परीक्षणमा तिब्रता ल्याउने, कन्ट्रयाक्ट ट्रेसिङ बढाउने, धेरै भन्दा धेरै मानिसहरुलाई परीक्षणको दायरामा ल्याउने, भारतबाट नेपाल भित्रिन नदिन कडाई गर्ने लगायतका कार्यहरुले नेपालमा केही हदसम्म कोरोना भाइरसको नियन्त्रण गर्न सहज हुने डा. सुबेदीको भनाई छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ।

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्