Kathmandu Press

सरसफाइ तथा स्वच्छताको ग्लोबल कोष गठन

काठमाडौं, वैशाख २५ : खानेपानी तथा सरसफाई संयुक्त परिषद (डब्लुएसएससीसी) संचालन समितिको बैठकले परिषदको पाँच वर्षे (सन् २०२१ र २०२५ ) नयाँ रणनीतिलाई अनुम....

सरसफाइ तथा स्वच्छताको ग्लोबल कोष गठन

काठमाडौं, वैशाख २५ : खानेपानी तथा सरसफाई संयुक्त परिषद (डब्लुएसएससीसी) संचालन समितिको बैठकले परिषदको पाँच वर्षे (सन् २०२१ र २०२५ ) नयाँ रणनीतिलाई अनुमोदन गरेको छ। परिषदले अनुमोदन गर्दै सरसफाइ र स्वच्छता कोष (स्यानिटेसन एण्ड हाइजिन फन्ड) को नाममा रुपान्तरण गरेको हो। 

कोषले राष्ट्रसंघीय दिगो विकास लक्ष्यमा सघाउ पुग्ने गरी सरसफाइको क्षेत्रमा दातृ सहयोग जुटाउन र समन्वयकारी भुमिका निभाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। कोषको जेनेभास्थित मुख्यालयबाट जारी विज्ञप्तिअनुसार, सरसफाइ र स्वच्छताको अभावमा महिलामा महिनावारीको सायमा स्वास्थ्यमा जटिलता उब्जने गरेको र सरसफाइ अभावमैं झाडापखाला, हैंजा, इबोला, कोविड–१९ जस्ता प्रकोपहरु उत्पन्न हुने गरेको उल्लेख छ। 

सरसफाईको अभावमा मातृ तथा नवजात शिशुको मृत्यु, यौनिक र प्रजनन स्वास्थ्य समस्यालगायत जैविक प्रतिरोध क्षमतामा ह्रास, सेप्सिस् र कुपोषण जस्ता परिणाम देखिने गरेको छ।

विशेषत महिला र बालिकाहरुमा कमजोर सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यकै कारण आफ्नो सुरक्षा र आत्मसम्मानमा पारेको नकारात्मक प्रभावका कारण लैङ्गिक हिंसा, छनौटको बिकल्प, गतिशिलिता, रोजगारीमा पहुँच तथा सामाजिक र आर्थिक शक्ति बन्ने क्षमतामा कमी आएको पाइन्छ। 

यसकारण कोषले विश्वभरका नेतृत्व बर्ग तथा सरकारहरुलाई सरसफाइ तथा स्वच्छताका क्षेत्रमा लगानी बढाउन आग्रह गरेको छ। साथै, विद्यालयमा हुने सरसफाइ तथा स्वच्छता, स्वास्थ्य केन्द्र र घरेलु तहमै स्वास्थ्य र सरसफाइका नयाँ अन्वेषण तथा सहयोगी अभियानलाई साथ–समर्थन दिन कोषले अनुरोध गरेको छ।

परिषदले ग्लोबल स्यानिटेसन कोष अन्तर्गत नेपालमा २०१० देखि यूएन–हयाबिट्याट मार्फत १८ वटा जिल्लामा सरसफाइ तथा स्वच्छताका कार्यक्रम संचालन गर्दै आएको छ। अबका दिनमा पनि कोषले सरोकार–सम्बद्ध मुलुकहरुलाई आर्थिक सहायता प्रदान गर्दै जाने कोषका संचार प्रमुख हिरोयकी साइतोले बताए। 

उक्त कोषको सहायताले राष्ट्रिय सरकारका सरसफाइ तथा स्वच्छता विषयक कार्यक्रमहरुमा रहेको ‘आर्थिक रिक्तता’ लाई परिपूर्ती गर्ने विश्वास साइतोले लिएका छन्।

कोष गठनको अवसरमा आयोगका अध्यक्षहिन्ड खातिव–ओथमेनले भनेकी छिन्, आज हामी ग्लोबल रुपमैं रुपान्तरण तथा दिर्घकालिन पहुँचको माध्यमका रुपमा आएका छौं। सरसफाइ तथा स्वच्छता कोषमार्फत हामी संसारभरका नेतृत्व बर्गलाई यो क्षेत्रमा रहेको कमीकमजोरी र रिक्तता पुरा गर्न आग्रह गर्दछौं।’

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्