Kathmandu Press

पोखरामा बुद्धजयन्ती : कोरोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा, वैशाख २५ : वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा  ‘कोरोना भाइरसको जोखि....

पोखरामा बुद्धजयन्ती : कोरोना मुक्तिको कामना गर्दै मनाइयो

पोखरा, वैशाख २५ : वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४औँ बुद्धजयन्तीका अवसरमा पोखरा र आसपासका स्तुपा, विहार एवं गुम्बामा  ‘कोरोना भाइरसको जोखिम नहोस्’ भन्ने कामना गरिएको छ ।

विगतका वर्षमा भव्यताका साथ बुद्धजयन्ती मनाइने गरिन्थ्यो।  यस वर्ष भने कोरोनाको जोखिम हुन नदिन जारी बन्दाबन्दीका कारण सामाजिक दूरी कायम गर्दै कोरोना मुक्तिको कामना गर्दै स्तुपा, विहार तथा गुम्बामा सामान्य पूजा गरिएको हो। सो अवसरमा पोखरा महानगरपालिका–३ तेस्रापट्टीस्थित धर्मशिला बुद्ध विहारमा बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा असहाय एक हजार जनालाई निःशुल्क भोजन गराइएको दायक सभाका पूर्वअध्यक्ष तीलकमान गुभाजुले जानकारी दिए।

पोखरा आसपासका स्तुपा, विहार तथा गुम्बामा तत्तत् स्थानमा रहेका बौद्ध भिक्षु एवं लामा गुरुहरूबाट पूजापाठ गरिएको उनले बताए। वैशाख शुक्ल पूर्णिमाका दिन गौतमबुद्धको जन्म, बुद्धत्व र महापरिनिर्वाण प्राप्त भएका कारण आजको दिनलाई त्रिसंयोगको दिनका रुपमा लिइन्छ। 

गुभाजुका अनुसार पोखराको अनदुमा विश्व शान्ति स्तुप, तेस्रापट्टीमा धर्मशिला बुद्ध विहार र मोहोरियामा धर्म संघ बुद्ध विहारसहित झण्डै दुई दर्जनको संख्यामा गुम्बा छन्।

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, वैशाख २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्