Kathmandu Press

गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

दलहरूबीच सहमति हुन नसक्दा प्रनितिधिसभा बैठक बस्दै नबसी भोलि १ बजेसम्मका लागि स्थागित गरिहएको छ। 
गृहमन्त्रीको राजीनामामा विपक्षीको अडान कायमै, प्रतिनिधिसभा बैठक भोलि १ बजेसम्मका लागि स्थगित

काठमाडौं, जेठ २१ : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको राजीनामा मागिरहेका विपक्षी दलहरूले आफ्ना अडान कायमै राखेका छन्। 

सभामुख देवराज घिमिरेले दलहरुसँग छलफल गरेर प्रतिनिधिसभामा देखिएको अवरोध खुवालने प्रसाय गरे पनि विपक्षी दलहरूको अडानका कारण अवरोध कायमै रहेको छ।

दलहरूबीच सहमति हुन नसक्दा प्रनितिधिसभा बैठक बस्दै नबसी भोलि १ बजेसम्मका लागि स्थागित गरिहएको छ। 

बैठक आज १ बजेका लागि बोलाइएको थियो। तर, सहमति नभएपछि सूचना टाँस गरेर बैठक ३ः१५ का लागि सारिएको थियो। विपक्षी दलहरुले आफ्नो अडान नछाडेपछि बैडक भोलिसम्मका लागि स्थागित भएको हो । 

सत्तारूढ एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले अर्को न्यायिक वा संसदीय छानबिन समिति गठन गर्न नसकिने अडान लिएका छन् भन् विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सघाउनुपर्ने पुराने अडान दोहोर्‍याएका छन्। 

प्रकाशित मिति: १६:४० बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्