Kathmandu Press

बिमा प्राधिकरण नियुक्ति विवादमा अन्तरिम आदेश दिन अस्विकार

सर्वोच्चमा बुधबार भएको सुनुवाईपछि चाँडो टुंगो लगाउन अग्राधिकार दिए पनि तत्कालका लागि काममा रोक लगाउन अन्तरिम आदेश भने दिएन।
बिमा प्राधिकरण नियुक्ति विवादमा अन्तरिम आदेश दिन अस्विकार

काठमाडौं, जेठ २१ : बिमा प्राधिकरणको अध्यक्ष नियुक्ति विवादमा सर्वोच्च अदालतले तत्कालका लागि काममा रोक लगाउन अन्तरिम आदेश दिन अस्विकार गरेको छ। 

सर्वोच्चमा बुधबार भएको सुनुवाईपछि चाँडो टुंगो लगाउन अग्राधिकार दिए पनि तत्कालका लागि काममा रोक लगाउन अन्तरिम आदेश भने दिएन। 

अर्को सुनुवाईको पेसी मंसिर १ गतेका लागि तय भएको छ। सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले रिट निवेदकले उठाएका संवैधानिक एवं कानुनी प्रश्नहरूको निराकरण अन्तिम सुनुवाइ हुँदा हुने प्रकृतिको देखिएको भन्दै तत्कालका लागि अन्तरिम आदेश दिन अस्विकार गरेको हो। 

ओझालाई सरकारले गत फागुन १२ गते बिमा प्राधिकरण अध्यक्ष नियुक्त गरेको थियो। उनको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले रिट दिएकी थिइन्।

प्रकाशित मिति: १७:०४ बजे, बुधबार, जेठ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्