Kathmandu Press

राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला, बैठक स्थगित 

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भएको थियो। 
राजावादी भेलामा लिङ्देन नआएपछि होहल्ला, बैठक स्थगित 

काठमाडौं, जेठ २१ : राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ। 

बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो, तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। 

Hardik ivf

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष लिङ्देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भएको थियो। 

त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे। उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरेका थिए।

भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो। लिङ्देन अहिले संसद भवनमा छन्। कार्यकर्ताहरूले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखेका थिए।

बाहिर रहेका कार्यकर्ताले जबसम्म राजा र जनता एकता हुँदैन, तबसम्म आन्दोलन गरि रहने बताएका छन्। उनीहरुले राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन्। 

प्रकाशित मिति: १६:२५ बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्