Kathmandu Press

जातीय भेदभाव अन्त्यका लागि कानुनी संरचना बलियो बनाउन अध्यक्ष दाहालको जोड

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दलित समुदायप्रति राज्यको व्यवहारमा केही सकारात्मक परिवर्तन देखिए पनि अझैं मानसिकतामा रुपान्तरण हुन जरुरी भएको उनले बताए।
जातीय भेदभाव अन्त्यका लागि कानुनी संरचना बलियो बनाउन अध्यक्ष दाहालको जोड

काठमाडौं, जेठ २१ : राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनालाई बलियो बनाउनुपर्ने बताएका छन्। 

जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस २०८२ को अवसरमा आयोजित दलित समुदायको हक, अधिकारको विषयमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

Hardik ivf

सामाजिक चेतनाको विकास, नीति निर्माणमा दलित समुदायको प्रभावकारी सहभागिता अपरिहार्य गराउन आवश्यक रहेको बताउँदै उनले भने, ‘जातीय भेदभावको पूर्ण निर्मुलका लागि कानुनी संरचनाको बलियो कार्यान्वयन, सामाजिक चेतनाको विकास, नीति निर्माणमा दलित समुदायको प्रभावकारी सहभागिता अपरिहार्य गराउन आवश्यक छ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि दलित समुदायप्रति राज्यको व्यवहारमा केही सकारात्मक परिवर्तन देखिए पनि अझैं मानसिकतामा रुपान्तरण हुन जरुरी भएको उनले बताए।

दलित समुदायलाई आत्मसम्मानका साथ बाँच्न सक्ने वातावरण सुनिश्चित गर्नु सबैको सामाजिक उत्तरदायित्व भएकाले स्थानिय तहदेखि संघसम्मका राज्यका निकायहरुले दलितका लागि नीति निर्माण गर्न तर्फ लाग्नु पर्नेमा उनले जोड दिए।

साथै उनले राज्य संरचनाले नै विभिन्न कालखण्डमा धर्म, परम्परा, संस्कृति जस्ता  आवरणमा जातीय विभेद तथा छुवाछुत प्रथालाई मान्यता दिएको पाइएको बताए।

जातकै कारण दलित समुदायका मानिसहरुले मन्दिरमा जान नपाउने, सार्वजनिक धारा, पँधेरा प्रयोग गर्न नपाइने, संगै बस्न खान मात्रै होइन ठाडो शिर गरेर बोल्नसम्म नपाउने, अमानविय दुरव्र्यवहार भोग्नु परेको इतिहास त्यति पुरानो  भइनसकेको उनको तर्क छ
 

प्रकाशित मिति: १६:०८ बजे, बुधबार, जेठ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्