Kathmandu Press

पूर्व सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाई सकियो 

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित मृतककी श्रीमती पूर्णिमाया लामाले रिट दिएकी हुन्। 
पूर्व सभामुख सापकोटाविरुद्धको रिटमा सर्वोच्चमा सुनुवाई सकियो 

काठमाडौं, जेठ २१ : द्वन्द्वकालिन समयमा भएको एउटा हत्या घटनालाई लिएर अनुसन्धान कारबाहीको मागसहित पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर भएको रिटमा सुनुवाइ सकिएको छ। 

सर्वोच्च अदालतको संवैधानिक इजलासमा भएको सुनुवाइ बुधबार सकिएको हो।

उक्त रिटमाथि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल संलग्न संवैधानिक इजलासमा सुनुवाई चल्दै आएको थियो। 

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटामाथि अनुसन्धान हुनुपर्ने मागसहित मृतककी श्रीमती पूर्णिमाया लामाले रिट दिएकी हुन्। 

द्वन्द्वकालीन अवस्थामा २०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई बेपत्ता पार्दै हत्या गरिएको बिषयमा पूर्णिमायाले आफ्नो पतिको हत्यामा सापकोटासहित माओवादी नेताहरू संलग्न रहेको दाबी गर्दै काभ्रे प्रहरीमा जाहेरी र सर्वोच्चमा रिट दिएकी थिइन्। 

प्रहरीमा दिएको जाहेरी अनुरुप अनुसन्धान कारबाही अघि नबढेको भन्दै पुर्णिमाया सर्वोच्च पुगेकी हुन्।  
 

प्रकाशित मिति: १५:२६ बजे, बुधबार, जेठ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्