Kathmandu Press

माओवादी छाडेन गृहमन्त्रीको राजीनामाको अडान, सभामुखले डाकेको बैठक निष्कर्षविहीन 

माआवादीले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठक विना निष्कर्ष टुंगिएको छ।
माओवादी छाडेन गृहमन्त्रीको राजीनामाको अडान, सभामुखले डाकेको बैठक निष्कर्षविहीन 

काठमाडौं, जेठ २१ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ। 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुको बैठकमा माओवादीले आफ्नो अडान कायमै राखेको हो।

माआवादीले अडान नछाडेपछि बैठक विना निष्कर्ष टुंगिएको छ। सभामुख घिमिरेको पहलमा संसद खुलाउन सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए। 

छलफलमा सहभागी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएको बिषय रहेकाले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म आफूहरुको अडान कायमै रहने बताएका थिए। 

छलफलमा सत्ताघटक नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले संसदमा जवाफ दिन पाउनुपर्ने बताएका थिए। 

माओवादी केन्द्रसहितका प्रमुख प्रतिपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि दिउँसो १ बजे बस्ने भनिएको संसद बैठक अहिलेसम्म शुरु हुन सकेको छैन । 

प्रकाशित मिति: १४:४१ बजे, बुधबार, जेठ २१, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्