ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु
सप्तरी, वैशाख २५ : कोभिड–१९ को जोखिम फैलन नदिन गरिएको लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्त....

सप्तरी, वैशाख २५ : कोभिड–१९ को जोखिम फैलन नदिन गरिएको लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको हो।
ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी मगरको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। प्रहरी हबल्दार मगरको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो। भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो।











