Kathmandu Press

जिल्ला अदालतमा दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस

गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका प्रसाईंलगायतका आरोपीहरुको थुनछेक वहश सकिएपछि थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने वा धरौटी तारिखमा राख्ने भन्ने बिषयको टुंगो लाग्ने छ।
जिल्ला अदालतमा दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बहस

काठमाडौं, जेठ २१ : जिल्ला अदालत काठमाडौंमा बुधबार दुर्गा प्रसाईँसहित ३९ जनाको थुनछेक बहस सुरु भएको छ। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश ध्रुवकुमार कार्कीको इजलासमा थुनछेक बहस जारी छ। 

गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका प्रसाईंलगायतका आरोपीहरुको थुनछेक वहश सकिएपछि थुनामा राखेर मुद्दाको कारबाही अघि बढाउने वा धरौटी तारिखमा राख्ने भन्ने बिषयको टुंगो लाग्ने छ। 

Hardik ivf

तीनकुने हिंसा प्रकरणमा ६५ जनालाई प्रतिबादी बनाएर मुद्दा दर्ता गरिएको थियो। 

दुर्गा प्रसाईंसहित आठजना प्रतिबादीलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको अभियोग समेत लगाइएको छ। उनीहरु बाहेकका थप ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव आरोपमा प्रतिवादी बनाइएको छ। 

प्रहरीका अनुसन्धान प्रतिवेदन अनुरुप गत जेठ ११ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो। 

प्रकाशित मिति: १४:२१ बजे, बुधबार, जेठ २१, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्